सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपिडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।
कोरोना भाइरस सङ्क्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आइसियु र ओपिडी सेवा सञ्चालन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति प्राडा. सङ्गीता भण्डारीले बताइन् । उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवा शुरु गर्न थालिएको हो ।
कोरोना महामारीका कारण उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाको साथमा एक जना मात्रै आफन्त आउन सबैमा अनुरोध गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा