सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । साताको दोस्रो दिन अर्थात सोमबार पनि नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाादीको भाउ १ हजार ३६५ रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी ९३ हजार ४०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार थप घटेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा