सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डाै । पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना हुनुभएको छ । विगत चार/पाँच दिनदेखि ज्वरो आइरहेको र निमोनिया समेत ठिक नभएकाले उहाँ आज बिहान उपचारका लागि नर्भिक अस्पताल जानुभएको हो । खनाललाई आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ ।
यसअघि कोरोना सङ्क्रमण भएपछि वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका खनाल सङ्क्रमणमुक्त भएपछि दश दिनपछि घर फर्कनुभएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा