सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् । तत्कालीन कांग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन भएको थियो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत इश्मा गाउँ कार्यसमितिका पूर्वसभापति रिजालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा