सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले सुनापति गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।
सम्पर्क मञ्चका अध्यक्ष टेकबहादुर श्रेष्ठको नेतृत्व र हिलेदेवी पार्टी कमिटिको समन्वयमा उक्त सामाग्री पालिकालाई हस्तान्तरण गरिएकाे राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटी सदस्य आकाश खड्काले जानकारी दिए ।
पालिका अध्यक्ष धावा लामा, प्रमुख प्रसासकीय अधिकृत कमलराज श्रेष्ठ, स्वास्थ प्रमुख अर्जुन श्रेष्ठको उपस्थिति माक्स दुई हजार पिस, सेनिटाइजर १५ लिटर तथा पीपी सेट ५ थान हस्तान्तरण गरिएकाे खड्काले बताए ।
स्वास्थ्य सामाग्री लिँदै पालिका प्रमुख लामाले संकटकाे बेला सानाे सहयाेगकाे पनि ठूलाे अर्थ रहने बताए ।
प्रमुख प्रसासकीय अधिकृत कमलराज श्रेष्ठ प्राप्त भएका अत्यावश्यक स्वास्थ्य सामाग्री जहाँ आवश्यकता छ त्यहाँ बितरण गरिने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा