सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मंगलबार पनि सेयर बजारमा हरियाली देखिएको छ । यसदिन नेप्सेमा २७.४७ अंकको उच्च वृद्धि भएर २६७३.२३ अंकमा पुगेको छ ।
यो दिन सबै उपसमूहमा हरियाली छाएको छ । यो दिन १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा कारोबार भएको छ ।सोमबार ४ अर्ब ५ करोडको कारोबार भएकोमा मंगलबार कारोबार रकम १ अर्ब ६० करोड रुपैयाँले बढेको हो ।
यो दिनको कारोबारमा १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यसदिनको बजारबाट बोटलर्स नेपाल (तराई), रूरू जलविद्युत परियोजना कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट र समता लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी लिबर्टी इनर्जी, बरुण हाइड्रोपावर, ग्लोबल आइएमई समुन्नत योजना–१ र पाँचथर पावरको सेयर मूल्य ओरालो लागेको छ ।
मंगलबार नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड ६५ लाख रुपैयाँको शेयर खरीद बिक्रीमा आएको छ । अपि पावर २० करोड २३ लाख, शिवम् सिमेन्ट १६ करोड २२ लाख, र एचआईडिसिएलको १५ करोढ ९७ लाख रुपैयाँको शेयर कारोबारमा आयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा