सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले बुधबार मध्यरातदेखि लागु हुने गरी नेपालसहितका चार दक्षिण एसियाली मुलुकलाई यात्रा प्रतिबन्धको घोषणा गरेको छ । नेसनल इमर्जेन्सी क्राइसिस कमिटीले सोमबार उक्त निर्णय गरेको खलिज टाइम्सले जनाएको छ । ट्रान्जिटका उडानहरुमा पनि रोक लगाइएको छ ।
युएईका नागरिक, कूटनीतिज्ञ, डेलिगेट्स र गोल्डेन भिसा होल्डर्सलाई भने रोक लगाइएको छैन । नेपालसहितका दक्षिण एसियाली मुलुकमा कोभिड–१९ को संक्रमण फैलिएको निष्कर्ष निकाल्दै युएईले यस्तो निर्णय गरेको हो । युएइले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकासँगको हवाइ यात्रामा प्रतिवन्ध लगाउने घोषणा गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा