सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सावधान हुन आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरस महामारीको दोस्रो भेरियन्ट फैलिएसँगै सबैलाई सावधान हुन तर आतंकित नहुन आग्रह गर्नुभएको हो ।
त्यस्तै, उहाँले सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक बर्षका लागि करारमा नियुक्ति गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सबै अस्पताललाई कोभिडका लागि छुट्याएको बेड, त्यसमा भर्ना भएका बिरामी, आइसीयू, एचडीयुलगायतका विवरण दैनिक अपडेट मन्त्रालयलाई दिन समेत निर्देशन दिनुभएको छ । बेड लुकाएको पाइए सबै अस्पतालहरुलाई कारवाही गर्ने पनि चेतावनी दिनुभयो ।
उहाँले वीर अस्पताल, त्रिचन्द्र मेलिटरी अस्पताल सहित ठूला सरकारी तथा निजी अस्पतालमा थप कोभिड युनिट सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा ५० प्रतिशतभन्दा धेरै संक्रमित रहेको समेत बताउनुभएको छ ।
देशबासीका नाममा सम्बोधन गर्दै उहाँले १९ वैशाखसम्मको तथ्यांक अनुसार ५०.४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको बताउनु भएको हो । उहाँका अनुसार काठमाडौंमा मात्रै ३८.४ संक्रमित रहेका छन् । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० सय बढी सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हालसम्मकै धेरै हिजो ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो भने २७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ अन्तिमसम्म देशमा दैनिक ११ हजार भन्दा बढी कोरोना संक्रमित हुने प्रक्ष्येपण गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा