सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धन आयोगले गर्दै आएको स्टिङ अपरेशन गर्न नपाउने फैसला सुनाएको छ ।
बुधवारको संवैधानिक इजलासले स्छिङ अपरेसन नपाइने फैसला गरेको हो ।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको बहस गर्नुभएको थियो ।
अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा घुस खाने व्यक्तिको अनुसन्धानका लागि स्टिङ अपरेशन गर्दै आएको थियो ।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले स्टिङ अपरेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
घिमिरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नियमावलीको व्यवस्था नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजै (बुधबार)देखि लागू हुने गरी अमान्य र बदर गरिदिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा