सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । धरहरामा शिवलिङ्ग राखिएको छ । गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा शिवलिङ्ग राखिएको हो ।
पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको छ । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ।
करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो । भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ ।
पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ । यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो । बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । बाइसौं तलामा भने पुरानै शिवलिंग स्थापना भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा