सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । निजामती सेवाको आफ्नो ३० वर्षे सेवा-अवधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव डा.विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा.ओलीलाई बिदाइ गर्दै उनी एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उनको आवश्यकता सधैँ पर्ने बताए ।
सेवानिवृत्त डा.ओलीले निजामती सेवामा प्रवेश गरेपछि आफूले विद्यावारिधिसम्म गर्न पाएको र राष्ट्र, राष्ट्रियता तथा नेपाली नागरिकका लागि उल्लेख्य योगदान गरेको बताए । आफ्नो सेवा-अवधि पूरा गरेका वन मन्त्रालयका उपसचिव श्रीकृष्ण वस्ती र चालक विदुर गौतमलाई पनि आजै बिदाइ गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा