सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सरकारले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा नयाँ मापदण्ड लागु गरेको छ ।
सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार अब होटल तथा रेष्टुरेन्ट बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।
तोकिएको समयभन्दा बाहेक होटल तथा रेष्टुरेन्टले होम डेलिभरी भने गर्न सकिने छ ।
अब सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु बोक्न नपाउन नियम लागु हुने भएको छ ।
यस्तै यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने नियम पनि लागु भएको छ । मास्क नलगाएको पाइएमा १० रुपैयाँ जरिवाना गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, माक्स नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ ।
उनका अनुसार गाडी सम्बन्धित ठाउँमा नपुग्दासम्म बीचमा यात्रु चढाउन नपाइने व्यवस्था पनि गरिएको छ ।
यस्तै राजमार्ग क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्डको पालना गर्नु पर्नेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा