सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोना संक्रमित गम्भीर विरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १४८ जनाको आइसियूमा, ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशमा १ हजार १०६ आइसियू र ४६१ भेन्टिलेटर मात्र छन् । देशमा अहिले कुल सक्रिय संक्रमितको संख्या ७ हजार २५४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार १ पिसिआर विधिबाट र ५४७ को एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ । जसमा दुबै गरेर १ हजार २८१ संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ९१ पुगेको छ । नयाँ संक्रमित १ हजार २८१ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या २५५ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २३ लाख ५२ हजार ५०२ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा ७ हजार २५४ र क्वारेन्टाइनमा रहनेको संख्या ८१ छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।
सरकारले कोभिडको जोखिमलाई मध्येनजर गर्दै कोरोना प्रवाहित १४ जिल्लाका सहरी इलाकाका स्कूल भौतिक रुपमा बन्द गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा