सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड नाघेको छ ।
पछिल्लो २४ घन्टामा मात्रै विश्वभर ७ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनले पछिल्लो समय कोरोना भाइरसको संक्रमण अहिलेसम्मको उच्च भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस आधानमले लगातार बढिरहेको संक्रमण दर र मृत्युदरले चिन्तित बनाएको बताउनु भएको छ । भारत दोस्रो लहरको संक्रमण झेलिरहेको छ । जहाँ दैनिक संक्रमण २ लाख ६० हजार नाघेको छ ।
युरोपेली मुलुकहरु संक्रमणको तेस्रो लहर भोगिरहेका छन् । अमेरिकामा संक्रमण केही घटेको छ । अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरुमा पनि संक्रमण पछिल्लो समय बढेको छ ।-
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा