सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले सर्वसाधरणलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउन शुरु गरेको हो ।
यो उमेर समूहका सर्वसाधारणलाई चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल लगाइने मन्त्रालयले जनाएको छ।
मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा