सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरिएको छ । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिसमा अलमुताइरीला राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।
अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको हो ।
विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।
आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम उनले सम्हाल्नेछन् ।
यसअघि उनले कतार, किर्गिस्तान, साउदी अरेबिया र कुवेतका विभिन्न टिम हेरेका थिए ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा