सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ–सत्तासाझेदार दल नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन समयमै हुनेमा आशंका व्यक्त गरेका छन् ।नेता पौडेलले स्थानीय तहको निर्वाचन हुने सुनिश्चित आधार अझै तय हुन नसकेको भन्दै चिन्ता पनि व्यक्त गरे ।जिपी कोइराला फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको नेपाल– भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मधेशवादी दलहरुले अझै स्थानीय जनतालाई अधिकार दिने कुरामा बाधा, व्यवधान गरेकोमा आफू आश्चय चकित भएको टिप्पणी पनि गरे ।
नेता पौडेलले गिरीजाप्रसाद कोइरालाले हिंसात्मकलाई शान्तिपूर्ण बाटोमा अवतरण गराएर मुलुकलाई शान्ति र स्थिरताको बाटो देखाएको पनि स्मरण गरे ।उनले गिरीजाप्रसाद कोइरालाले नै भारत र चीनसँगको नेपालको सम्बन्धलाई सन्तुलित बनाएको दाबी गरे ।नेता पौडेलले भारत अशान्त भए नेपालले धान्नै नसक्ने अवस्था आउने पनि बताए बताए । नेता पौडेलले नेपाल र भारतबीचको बलियो सम्बन्धबाट मात्रै शान्ति, स्थिरता र दीगो विकास सम्भव हुने धारणा पनि राखे ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा