सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए ।
“हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिएपछि निकुञ्ज प्रशासनमा खबर गरे”, सहायक संरक्षण अधिकृत चौधरीले भने, “राति घाइते बाघको मृत्यु भयो ।” मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ ।
“शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ”, उनले भने, “अहिले हामी अनुसन्धान गर्दैछौँ ।” उनले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताए । निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा