सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साना – सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन् ।डुङ्गामा झन्डै १५० जना यात्रु चढेको अन्तरराष्ट्रिय रेडक्रस समितिले शुक्रबार जनाएको छ ।“होडेइडा नजिकै गएराति आक्रमण भएपछि महिला र बालबालिका कराएका थिए,” रेडक्रसद्वारा जारी वक्तव्यमा लेखिएको छ ।आक्रमणपछि ३३ जनाको मृत्यु भएको, २९ जना घाइते भएको पाइएपनि अन्य यात्रु कोही हराएका र कोही स्थानीय उद्धारकर्मीको नियन्त्रणमा रहेको हुनसक्ने व्यक्तव्यमा जनाइएको छ ।
यो घटनाको दृश्य विभत्स थियो, मैले धेरै महिला, पुरुष र बालबालिका मारिएको देखेँ, साथै गम्भिर घाइते भएको देखेँ, रेडक्रसका इरिक क्रिष्टोफर वेसेले भने ।उनले थपे, “सोमालिया र यमनको द्वन्द्वबाट भागेका शरणार्थी नै घटनामा परेका छन् ।”हुथी नियन्त्रीत सावा समाचार संस्थाले घटनाका बारेमा अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी नलिएको जनाएको छ ।सानामा रहेको अन्तरराष्ट्रिय आप्रवासी सङ्गठनका प्रवक्ता सेवा अल मौलिमीले बिहीबार राति भएको सोमालियाका शरणार्थीको यात्राका बारेमा सङ्गठनलाई कुनै जानकारी नभएको सिन्ह्वालाई बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा