सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो।
गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९८७ छ ।
हाल नेपालमा ८७० जना सक्रिय संक्रमित छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा