• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

      भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

      तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

      डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

      २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

      भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

      भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

      भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      उदयपुर गढीमा खानेपानीको हाहाकार

      एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

      अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

      ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

      आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

      बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

      भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

    होमपेज /  आर्थिक

    थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ फागुन २२, शनिबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ ।

    काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरिएको हो ।

    कार्यालय स्तरोन्नतिअन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्याङ्क तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका काम सम्पन्न गरेर डिपो री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरिएको हो । करीब एक वर्षको अवधिमा परियोजनाको पहिलो चरण सम्पन्न भएको र डिपोमा व्यापक सुधार आएको जिकिर निगम व्यवस्थापनले गरेको छ ।

    इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याङ्करमा तेल भर्ने प्वाइन्टको सङ्ख्या दोब्बर बनाइएको छ । यसका कारण तेल भर्न ट्याङ्कर लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । डिपो आसपास क्षेत्रमा रहेको अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ । डिपोसँगै रहेको ३९ रोपनी जग्गामा ट्रक तथा ट्याङ्करको पार्किङ बनाइएको छ । जहाँ २०० भन्दा बढी ट्रक तथा ट्याङ्कर पार्किङ गर्न सकिने छ ।

    डिपोको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइएको छ । त्यसअघि तारजालीले डिपोलाई घेरिएको थियो । डिपो घेर्ने पर्खालको भित्र÷बाहिर पेटी निर्माण गरिएको छ । राजमार्गबाट डिपोसम्म पुग्ने सडक ढलान गरिएको छ ।

    री–इन्जिनीयरिङ परियोजनाको दोस्रो चरण छिट्टै शुरु हुने र त्यसले पनि चाँडै मूर्तरुप पाउने निगमले जनाएको छ । निगमको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत वाग्मती प्रादेशिका कार्यालयलाई आधुनिकीकरण गरी डिपोलाई स्तरोन्नति गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षाका उपाय एवं प्रविधि अपनाइ री–इन्जिनीयरिङ परियोजना सम्पन्न गरिएको कार्यालय प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए । परियोजनाको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरे ।

    पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री वितरणको कार्य गर्ने उद्देश्यका साथ सरकारले २०२७ सालमा निगमको स्थापना गरेको थियो । २०५८ सालमा थानकोट डिपो स्थापना भएको थियो । सो डिपोबाट राजधानी र आसपासका १० जिल्लाका १८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन आपूर्ति हुँदै आएको छ ।

    करीब १०६ रोपनी क्षेत्रफलमा फैलिएको सो डिपोमा डिजल आठ हजार ४०० किलोलिटर, पेट्रोल छ हजार ७० किलोलिटर, मट्टितेल ७६० किलोलिटर भण्डारण क्षमताका ट्याङ्कहरू रहेका छन् । उक्त डिपोबाट दैनिक करीब ७०० किलोलिटर पेट्रोल, ९०० किलोलिटर डिजल र आठ किलोलिटर मट्टिटेल बिक्री वितरण हुँदै आएको प्रमुख यादवले जानकारी दिए ।

    सो अवसरमा उद्योगमन्त्री लेखराज भट्टले निगमको व्यवस्थापकीय तथा प्राविधिक सुधारमा ध्यान दिन आग्रह गर्दै पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    पेट्रोलियम राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले निगमको भूमिका झन् महत्वपूर्ण हुँदै गएको बताए ।

    निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगम सुधारका योजना लागू भएको र अब छिट्टै त्यसको परिणाम देखिन थाल्ने बताए । प्रविधिको प्रयोगबाट निगमलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीका रूपमा विकसित गरिने पनि बताए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले अति प्रज्वलनशील पदार्थको कारोवार गर्ने निगमले डिपो र बिक्रेतालाई सुरक्षित र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताए ।

    पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले डिपोका क्षमतालाई सुधार गर्दै प्रविधिको प्रयोगलाई व्यापक बनाउन सुझाव दिए ।
    स्थानीय बासिन्दा देवकृष्ण महर्जनले पछिल्लो एक वर्षमा डिपो क्षेत्रमा व्यापक सुधारको प्रक्रिया थालनी भएको र स्थानीयवासीले त्यसको महसुस गर्न थालेका बताए । कार्यक्रममा कोरोना भाइरस सङ्क्रमण जोखिमको समयमा पनि डिपो स्तरोन्नतिमा खटेर तोकिएको समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

    गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑