सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, थपिएका संक्रमित सहित कुल संक्रमितको संख्या २,७४,४८८ पुगेका छन् । यस्तै, २४ घण्टामा ७८ निको भएका छन् । निको हुने आजसहितका गरेर २,७०,६८३ पुगेका छन् ।
मन्त्रालयका अनुसार, आजसम्म २१,७९,०४७ जनाको पिसिआर टेस्ट भएको छ भने देशमा अब सक्रिय संक्रमितको संख्या ७९५ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो तथ्यांकनुसार ३,०१० जनाको भाइरसका कारण मृत्यु भइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा