सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता हल अफ फेम सिजन २ को उपाधि ईलामका टिका मगरले जितेका छन् । शनिबार भएको ग्रान्ड फाइनलमा आफुसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका मगर विजेता बनेका हुन् । टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारले फाइनल प्रतिस्पर्धी रहेका थिए । नारायण गोपालको “तिमिलाई म के भनूँ ” गीतको अडियो क्लिप पठाएर सहभागीता जनाएका टिका मगर टप ५०, टप २७ टप टप ६ र टप ३ हुँदै उपाधि कब्जा गर्न सफल भए । टिकाले सुरुदेखी नै जजको सकरात्मक कमेन्ट पाएका थिए ।
विजेता बनेसंगै टिकाले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । उनले एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ सम्झौता र प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्राप्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा