सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एंव नेकपाका नेता शंकर पोखरेलले राष्ट्रिय सभा सदस्य कोमल वलीको लैंगिक रुपमा भएको आलोचना खेदजनक भएको बताउनु भएको छ । उहाले गायिका र संचारकर्मीको परिवेशबाट उहाको राजनीतिमा प्रवेश भएको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘मा. कोमल वली चर्चित लोक गायिका र संचारकर्मी हो । राजनीतिमा उनको प्रवेश सोही परिवेशवाट भयो । लैंगिक रुपमा उनको आलोचना खेदजनक छ ।’
प्रचण्ड–नेपाल समुहका नेता रघुजीपन्तले एक कार्यक्रममा कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिँडुला देखाएर राष्ट्रिय सभा सदस्य भएको टिप्पणी गरेका थिए। जसको सर्वत्र आलोचना भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा