सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाँके । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरीद गरिएको छ ।
उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईंका अनुसार सो योजनाअन्तर्गत राजापुर–६ मानपुरटपरा स्वास्थ्यचौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरीद गर्न रु १०/१० लाखका दरले बजेट विनियोजन गरिएको थियो । खरीद गरिएको एम्बुलेन्स अबको केही दिनमै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले बताए ।
एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा