सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, चैत ३ – बसबाट खसेर घाइते भएका एक किशोरको उपचारको क्रममा बिहीबार ज्यान गएको छ । चाँगुनारायण नगरपालिका-४ पिखेल बस्ने १३ वर्षका रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा बिहीबार ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
गएको १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएकोमा मध्यपुर अस्पतालमा उपचार हुन नसकी न्यूरो अस्पतालमा पठाइएको र उपचारकै क्रममा ज्यान गएको उहाँले जानकारी दिनुभयो ।त्यसैगरी चाँगुनारायण नगरपालिका-५ खरिपाटी घुमाउनेमा बिहीबार एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
दाङ घर भई हाल खरिपाटीकै जयशङ्खर इँटाभट्टामा काम गर्दै आएका ४५ वर्षका गोपाल चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रसाईंले जानकारी दिनुभयो । चौधरीको हत्या वा आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा