सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर । दुई दिनदेखि कञ्चनपुरबाट १४ वर्षीय बालिका बेपत्ता भएकी छिन् ।
जिल्लाको बेलडाँडी गाउँपालिका–१ नवज्योति टोल निवासी कन्हैयालाल कश्यप की १४ वर्षीय छोरी सुजाता कश्यप सोमबार दिउँसोबाट बेपत्ता भएकी हुन् ।
घरबाट सामान किन्न भनेर पसल गएकी उनको आजसम्म अवस्था अज्ञात रहेको पारिवारिक स्रोतले बताएको छ ।
बालिका हराएको र खोजबिन गर्ने प्रहरीमा निवेदन दिइएको बालिकाको परिवारले बतायो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बालीकाको खोजी कार्य भईरहेको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा