सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार आफ्नाे ७० औँ जन्मदिन मनाउनुभएकाे छ ।
सीमित परिवारका सदस्यकाे उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटारमा जन्मदिन मनाउनुभएकाे हाे ।
जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उपस्थित भएका छन् ।
२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा