सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।
भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली जानुभएको थियो ।
भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना हुनुभएको हो । उहाँलाई मंगलवार विहान ९ बजे भर्ना गरिएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ ।
आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने पनि पाण्डेले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा