सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं–थरुहट आन्दोलनको क्रममा डेढ वर्षअघि कैलालीको टीकापुरमा भएको हत्याकाण्डका मृतक मध्येका एक परिवार नेकपा एमालेमा प्रवेश गरेकाे छ । जारी मेचीकाली अभियानका क्रममा एमालेले बुधबार टीकापुरमा गरेको आमसभाका क्रममा टीकापुरमा घटनामा मारिएका प्रहरी हवल्दार ललित साउदको बुबा टेकबहादुर साउद र हजुरबुबा जंगबहादुर साउद एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले वरिष्ठ नेता माधव नेपाललगायतले पार्टीमा स्वागत गरेका थिए ।टीकापुर घटनामा ललितका २ वर्षीय छोराको समेत ज्यान गएको भने एसएसपी लक्ष्मण न्यौपानेसहित अरु ६ जना प्रहरीको पनि मृत्यु भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा