• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

      भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घन्टाभित्र देश छाड्न आदेश

      १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

      जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

      सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

      काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

      कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

      पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

      मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

      एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

      खोपले काम गरेन, भटाभट मरे कुखुरा

      राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरीद

      बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थाले

      पाँच वर्षअघि नै उपभोग मिति सकिएको दाल बिक्री

      उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

    होमपेज /  बागमति प्रदेश

    कुष्ठरोग उपचारमा वाग्मती प्रदेशमा ललितपुर पहिलो

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ २७, मंगलबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    ललितपुर । आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग । यो एक किसिमको ज्यादै कम सर्ने रोग हो । पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ । चिकित्सकका अनुसार मानिसबाट मानिसमा सर्ने यो रोग उपचार नगरेको कुष्ठरोगी बिरामीसँग लामो समयसम्म (कम्तीमा हप्तामा २० घण्टाभन्दा बढी समयसम्म) सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट सर्दछ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन ।

    वाग्मती प्रदेशका १३ जिल्लामध्ये गोदावरी नगरपालिका–६ स्थित आनन्दवन अस्पताल कुष्ठरोगको निवारणमा पहिलो स्थानमा देखिएको छ । सो अस्पताल मुलुकको एक मात्र राष्ट्रिय स्थानान्तरण केन्द्र भएकाले यहाँ विभिन्न जिल्लाबाट उपचार गराउन आउनेको सङ्ख्या सबैभन्दा बढी रहेको अस्पतालले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा सञ्चालित आनन्दवन अस्पतालमा मुलुककै ७७ जिल्लाका मानिस कुष्ठरोगको उपचार गर्न आउने भएकाले अन्य जिल्लाभन्दा बढी बरामी यहाँ आउने गरेको अस्पतालका मेडिकल निर्देशक डा.महेश शाहले बताए । उनले भने, “कुष्ठरोग उपचारका लागि राम्रो व्यवस्थापन भएकाले बाँकी जिल्लाभन्दा यस अस्पतालमा बिरामीको सङ्ख्या धेरै छ ।”

    अस्पतालका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट उपचार सेवा लिने नयाँ बिरामीको सङ्ख्या ११६, हाल उपचारमा रहेका २४३, १४ वर्ष मुनिका बालबालिका १२ र रोग लागेर अपाङ्गता भइसकेपछि मात्र उपचार गराउन आउनेका सङ्ख्या २१ छन् । त्यस्तै वाग्मती प्रदेशअन्तर्गत कुष्ठरोग निवारणमा दोस्रो स्थानमा रहेका चितवन जिल्लामा नयाँ बिरामीको सङ्ख्या ५२, हाल उपचारमा रहेका ५१ र १४ वर्ष सम्मका बालबालिकाको सङ्ख्या दुई रहेको छ । कुष्ठरोगको निवारणमा तेस्रो स्थानमा देखिएका धादिङमा नयाँ बिरामीको सङ्ख्या ११ र थप उपचारका लागि आठ बिरामीले सेवा लिएका छन् ।

    यसैगरी काठमाडौँमा नयाँ बिरामी १०, उपचारमा रहेका २६ र १४ वर्ष मुनिका एक बालबालिका रहेका छन् भने सिन्धुलीमा नयाँ बिरामी सात र उपचारमा नौ बिरामी रहेको अस्पतालले जनाएको छ । यो प्रदेशको बाँकी सात जिल्लामध्ये पाँच जिल्लामा एकै तवरको कुष्ठरोगी सङ्ख्या भेटिन्छ भने रसुवा र सिन्धुपाल्चोकमा कुष्ठरोगी सङ्ख्या शून्य रहेको जनाइएको छ । यस प्रदेशभित्र गत आवमा पत्ता लागेका नयाँ बिरामी सङ्ख्या २०८, हाल उपचारमा रहेका ३६७, १४ वर्ष मुनिका बालबालिका १५ र अपाङ्गता भई रोग पत्ता लागेका बिरामीको सङ्ख्या २१ रहेको दि लेप्रोसी मिसनका देशीय निर्देशक शोभाखर कँडेलले बताए ।

    गत आवमा कुष्ठरोगको चाप उच्च रहेको जिल्लामा ललितपुर पहिलो नम्बरमा पर्छ । यहाँ चार दशमलव २८ प्रतिशत कुष्ठरोगका बिरामी रहेको अस्पतालले जनाएको छ । यसैगरी झापा र बाँकेमा एक दशमलव ५५ प्रतिशत, धनुषामा एक दशमलव ४७, नवलपरासी र पर्सामा एक दशमलव ३७, कैलालीमा एक दशमलव ३०, कपिलबस्तुमा एक दशमलव १० तथा रुपन्देही र अछाममा एक दशमलव ०१ प्रतिशत बिरामी रहेको मिसनका तालीम संयोजक गोपाल पोखरेलले बताए। उनले भने, “विगत ६५ वर्ष अघिदेखि कुष्ठरोग उपचारमा लागि परेको यस संस्थाबाट हालसम्म २१ हजार ४२४ ले उपचार सेवा लिइसकेको छ भने सन् २०२० मा आएका बिरामी सङ्ख्या ८५, वर्षदिनभरि औषधि खाने २२६, रोग लागेर सर्जरी गर्ने ८६, सामान्य शल्यक्रिया गर्ने एक हजार ३७०, अस्पतालको क्लिनिक र बहिरङ् सेवामा उपस्थित सङ्ख्या तीन हजार ६५० छ ।”

    यसैगरी अस्पतालमा भर्ना भई उपचार गराउने बिरामीको सङ्ख्या ४६७ रहेको तालीम संयोजक पोखरेलले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनले दिएको तथ्याङ्कअनुसार सन् २०१९ मा एक हजार बढी नयाँ कुष्ठरोगी पत्ता लगाउने देश जम्मा १५ छन् । तीमध्ये नेपाल चौँथो स्थानमा पर्दछ । यसरी एक हजार बढी नयाँ कुष्ठरोगी पत्ता लगाउने देशमा भारत पहिलो नम्बरमा पर्दछ ।

    भारतमा एक लाख १४ हजार ४५१, ब्राजिलमा २७ हजार ८६३, इण्डोनेसियामा १७ हजार ४३९ र नेपालमा तीन हजार ८४४ कुष्ठरोगी सङ्ख्या रहेको अर्का तालीम संयोजक राजकुमार पौडेलले जानकारी दिए । उनले भने, “दक्षिण एशियाका आठ राष्ट्रमध्ये भारत पहिलो नम्बरमा ९२ दशमलव ३० प्रतिशत कुष्ठरोग भएको मुलुक हो भने नेपाल ३ दशमलव १० प्रतिशत कुष्ठरोगी भएको दोस्रो मुलुक हो ।”

    हालसम्म नेपालमा कुष्ठरोगको औषधि सेवन गरी निको हुने सङ्ख्या करीब एक लाख ९५ हजार रहेको छ । सो रोगका कारण अङ्गभङ्ग हुनेको सङ्ख्या करीब तीस हजार रहेको थियो तर यसपटक कोरोनाका कारणले हरेक वर्ष नेपालमा तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम घटेर एक हजार ८५३ मा झरेको पौडेलले जानकारी गराए ।

    त्यसैगरी कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क हेर्दा गत आवमा मुलुकमा एक हजार ८५३, औषधि खाने कुष्ठरोगीको सङ्ख्या दुई हजार ४४ र १४ वर्ष मुनिका बालबालिका सङ्ख्या १४१ रहेको छ । कुष्ठ मानिसको छाला तथा स्नायू वा नशा प्रभाव पार्ने बैदिककालदेखिकै पुरानो रोग हो । समयमानै सो रोग पत्ता लगाई नियमित उपचार गरेमा पूरै निको हुने र अङ्गभङ्ग हुनबाट जोगिन्छ । कुष्ठरोगलाई कुष्ठि, कोढ, महारोग, सुनबैरि आदि नामले पनि चिनिन्छ ।

    कुष्ठरोग बहुऔषधिको सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरुलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्णरुपमा निको हुने र मानिसमा अपाङ्गता हुँदैन । अरु जस्तै साधारण सरुवा रोग यसबाट प्रभावित व्यक्ति पनि देशका नागरिक हुन्, उसले पनि सम्मानपूर्वक आफ्नो परिवार र समाजमा जीवनयापन गर्न आउनुपर्छ । उपचारबाट पूर्णरुपमा निको हुने तथा समयमा उपचार गरेमा अपाङ्गता नहुने हुँदा यस रोगका बिरामी र प्रभावितलाई सामाजिक भेद्भाव गर्न नहुने जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले बताए ।

    उनले भने, “यस रोग लाग्दा छालामा रातो वा फुस्रो रङगको दाग, अनुहारको छाला वा कानको लोती बाक्लो अनि चम्किलो हुनुका साथै अनुहार र शरीरको अन्य भागमा गिर्खा देखिन्छ ।” उनले यदि मानिसको आँखीभौं झरेमा वा पातलो भएमा, हात खुट्टाका आँैला बाङ्गो भएमा वा लत्रिएमा, हत्केला वा पैतालामा नदुख्ने घाउ देखिएमा, हत्केलाको मांशपेसी सुकेर गएमा, नाक थेप्चो भएमा, लगातार हातगोडा झमझम गरेमा यो रोग लागेको अनुमान गरी उपचारका लागि चिकित्सक कहाँ जान सुझाव दिए ।

    कुष्ठरोगको औषधि सरकारी अस्पतामा निःशुल्क उपलब्ध हुँदै आएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणले कुष्ठरोगीको पहिचानमा पनि असर पारेको प्रमुख डा.गेलालले जानकारी दिए । उनका अनुसार कोरोनाको प्रभाव नियमित औषधि सेवन गर्दै आएका बिरामीका साथै नयाँ बिरामीको पहिचानमा समस्या भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

    ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

    ट्रकको ठक्करबाट हरिणको मृत्यु

    चितवनमा अण्डाको मूल्य घट्यो

    मेलुङमा अनलाइनबाट व्यक्तिगत घटना दर्ता शुरु

    पर्यटकलाई लक्षित गर्दै कालिञ्चोकमा सेनाको स्वास्थ्य शिविर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

    भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घन्टाभित्र देश छाड्न आदेश

    १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

    जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

    सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

    ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

    महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑