• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आज फागुन १७ गते सोमबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

      ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

      मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

      महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

      तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

      खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछः स्वास्थ्यमन्त्री

      २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

      घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

      विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

      कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

      एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

      दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

      नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

      एक डोज मात्रै लगाए पुग्ने कोरोनाको खोपले पायो अनुमति

    होमपेज /  बागमति प्रदेश

    त्रिवेणी-कोरोला सडक निर्माणमा निकुञ्ज बन्यो बाधक

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ २२, बिहिबार (३ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    कावासोती । गण्डकी प्रदेशको विकासको आधार मानिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्ड निर्माण हुन सकेको छैन् । भारत र चीनलाई जोड्ने सडकका रुपमासमेत हेरिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्डको निर्माण कार्य अझै शुरु हुन नसकेको हो । गण्डकी प्रदेश सरकारले त्रिवेणी–पोखरा–कोरोला सडकले उत्तर चीन र दक्षिणमा भारतलाई जोडने हुँदा प्रदेशकै विकास र समृद्धिको आधारका रुपमा यस सडक खण्डलाई हेरेको छ ।

    कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैँडाकोटदेखि उत्तरी नाका कोरोलासम्म विभिन्न चरणमा काम भइरहँदा भारतीय नाकासँग जोड्ने दक्षिण खण्डको दुम्किबास–त्रिवेणी खण्डमा भने सडक निर्माणको काम हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले केही कानूनी अड्चनका कारण यो खण्डमा काम हुन नसकेको जनाइएको छ । दुम्किबासको बगुवनदेखि त्रिवेणीसम्मको करीब १६ किलोमिटर खण्डमा सडक निर्माण हुन सकेको छैन् । यो खण्डमा सडक निर्माण नहुँदा गण्डकी प्रदेशको सिधा पहुँच भारतसँग हुन नसकेको बताइएको छ । यो खण्डमा सडक निर्माण नहुँदा अहिले दुम्किबासबाट लुम्बिनी प्रदेश हुँदै करीब ४५ किलिमिटर घुमेर त्रिवेणी नाका पुग्नुपर्ने अवस्था रहेको छ ।

    विसं २०५९ साल अघि हुलाकी सडकका रुपमा सञ्चालनमा रहेको दुम्किबास–त्रिवेणी सडक खण्डमा २०६३ मा सडकको मर्मत गरी यातायातसमेत सञ्चालन गरिएको थियो । हुलाकी सडकको रुपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामाकरण गरी २०६३ असोजमा यातायात सञ्चालन गरिएको तत्कालीन गजेन्द्रमोक्ष जनता मार्गका अध्यक्ष घनश्याम गिरीले बताए । “विसं २०६४ जेठसम्म यातायात सञ्चालनमा रहेको यस खण्डपछि चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगायो, निकुञ्जले चरिचरनको क्षेत्र भनेर समेटेपछि यो खण्डमा यातायात सञ्चालनमा रोक लगायो”, तत्कालीन सडक निर्माण समितिका अध्यक्ष गिरीले भने, “यो यस क्षेत्रका जनतालाई दिएको पीडा हो ।”

    पूर्व–पश्चिम राजमार्गदेखि बगुवनसम्म अहिले सडक रहेको छ । बगुवनदेखि भारतीय नाका त्रिवेणी ब्यारेजसम्म १६ किलोमिटर रहेको छ । दक्षिणतर्फ ब्यारेजदेखि खयर खोलासम्म अहिले पनि यातायात सञ्चालन गर्न सकिने अवस्था रहेको छ । खयर खोलादेखि बगुवनसम्मको करीब ११ किलिमिटर सडक रहेको र यसखण्डमा अहिले पनि सामान्य मर्मत गरे यातायात सञ्चालन गर्न सकिने उनले बताए । दुम्किबास–दाउन्ने–बर्दघाट सडकलाई विसं २०६३ मा हुलाकी मार्गको रुपमा रहेको दुम्किबास–त्रिवेणी सडकको यातायत सञ्चालन गर्ने गरी ट्र्याक खोलिएको थियो । तत्कालीन जिल्ला विकास समिति, यस क्षेत्रका गाउँ विकास समिति, सडक डिभिजनकोसमेत आर्थिक सहयोग तथा स्थानीयवासीको जनश्रमदानमा कलभर्ट हाल्ने, बाटोको स्तरोन्नति गर्ने काम गरिएको थियो । तर पछि चितवन राष्ट्रिय निकुञ्जले यो सडक यातायात सञ्चालनमा रोक लगाएको हो ।

    सोमबार मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुम्कीबासको बगुवन र त्रिवेणी खण्डमा यस सडक खण्डको निरीक्षण गरेका छन् । उनले यहाँका सरोकारवालासँग भेटेर सो सडक खण्डका विषयमा जानकारीसमेत लिएका छन् । निरीक्षण पश्चात् बोल्दै उहाँले यो सडकखण्ड त्रिवेणी–कोरोला व्यापारीक मार्गका रुपमा विकास हुने बताए । “चीन र भारतको ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्ने सोच बनाएका छौं । उत्तरी खण्डमा नाकासम्म पहुँच भएको भएपनि दक्षिणी खण्ड भारतको सीमासँग जोडिएको त्रिवेणी पुग्न अझै पनि अन्य प्रदेशको मार्ग भए जानुपर्ने बाध्यता रहेको छ”, मुख्यमन्त्री गुरुङले भने, “यस खण्डको निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको छ ।” दक्षिणी खण्डको रुपमा रहेको दुम्किबास–त्रिवेणी खण्डमा केही कानूनी अड्चन रहेको बताउँदै उनले ती अड्चन हटे यसै वर्षबाट निर्माणको काम शुरु गर्ने बताए ।

    ‘दुम्किबास–त्रिवेणी सडक निर्माणमा बजेटको कुनै अभाव हुदैन, बहुवर्षीय योजनामा राखेर काम गरिने छ”, उनले भने, “त्यसका लागि कानूनी अड्चन हटाउन जरुरी छ, हामी पहल गरिरहेका छौ ।” स्थलगत रुपमा निरीक्षण गर्दासमेत दुम्किबास–त्रिवेणी खण्डमा यसअघि चलनचल्तीमै रहेको सडक देखिएकाले अब कानूनी अड्चनले यसलाई रोक्न नहुने देखिएको मुख्यमन्त्री गुरुङले बताए । देशका अन्य क्षेत्रमा निकुञ्जबाटनै सडक रहेको बताउँदै यसलाई पनि पक्रिया पुर्याएर खोल्नुपर्ने उनले बताए ।

    नवलपुरलाई पोखरासम्म जोड्ने सडकको रुपमा तनहुँको भिमाददेखि मानपुरहुँदै डेढगाउँसम्म स्तरोन्नतिको काम भइरहेको बताउँदै डेढगाउँबाट कावासोती हुँदै प्रदेशकै बाटोबाट त्रिवेणी पुग्ने गरी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा यसलाई हेरेको मुख्यमन्त्री गुरुङले बताए । दुम्किबास–त्रिवेणी सडकखण्ड सञ्चालन गर्न नसक्दा त्रिवेणी क्षेत्रका बासिन्दा सदरमुकाम कावासोतीसम्म आउन प्रदेश नं ५ को बाटो हुँदै घण्टौं लगाएर आउनुपर्ने बाध्यतासमेत रहेको छ । विनयी त्रिवेणी गाउँपालिका–६ र ७ अन्तर्गत पर्ने त्रिवेणीका बासिन्दा गाउँपालिकाको कार्यालय आउन पनि ४५ किलोमिटरको दूरी घुमेर प्रदेश नं ५ को बाटो हुँदै आउनुपर्ने समस्या रहेको वडा नं–७ त्रिवेणीका सुरजकुमार कोहारको गुनासो छ ।

    हुलाकी सडकको रुपमा चलनचल्तीकै बाटोपछि गएर सञ्चालनमा रोकिएको भन्दै उनले यसलाई खुलाउन सरकारले पहल गर्नुपर्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज नारायणी नदी पारी चितवनमा पर्ने भए पनि नदी वारी नवलपुरमासमेत निकुञ्जले आफ्नो क्षेत्र दाबी गरी यातायात सञ्चालनमा रोक लगाएको भन्दै यो तत्काल खोल्नुपर्ने उनले बताए ।

    दुम्किबास–त्रिवेणी सडक खण्डकमात्रै नभएर विकासको आधारसमेत भएकाले यसको सञ्चालन नितान्त आवश्यक रहेको यसै क्षेत्रका निवर्तमान सांसद तिलक महतले बताए । यो नाका खोल्नासाथ गण्डकी प्रदेशको सहज पहुँच भारतसँग हुने हुँदा विकासको ढोका खुल्नेसमेत उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    हेटौँडाका खानेपानी वितरणमा चमत्कारिक परिवर्तन

    हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल

    काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

    ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

    ट्रकको ठक्करबाट हरिणको मृत्यु

    चितवनमा अण्डाको मूल्य घट्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज फागुन १७ गते सोमबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

    महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

    ओलीको लैंगिक रुपमा गरिएको आलोचना खेदजनक : मुख्यमन्त्री पोखरेल

    प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

    आज फागुन १७ गते सोमबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑