सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छिन् । पन्तले इलाम स्थायी घर भएका थिर कोइरालासँग बिवाह गर्न लागेकी हुन् ।
क्रिश्चियन चर्चका पाष्टर समेत रहेको कोइराला सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । दुबै केही समय देखि प्रेम सम्बन्धमा थिए । थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् ।
थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।
बिवाहबारे दुवैको परिवारमा कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।
गायककार मनोज रााजसँग पहिलो विवाह गरेकी अन्जुको दाम्पत्य जीवन सफल भएको थिएन । अञ्जु एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध विच्छेद गरेर एकल जीवन बिताइरहेकी थिइन् ।
मनोजराजले सोही वर्ष विवाह गरेपनि अन्जु भने छोरीसँग बस्दै आएकी थिइन् । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा