सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १ चैत । अन्ततः संयुक्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मोर्चाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारले संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि मोर्चा आक्रोसित भएको हो । मोर्चाले समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा पर्दैन ।
सरकारसँग स्पष्ट बहुमत छ । मोर्चाले फागुन २५ गते प्रधानमन्त्री प्रचण्डलाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र संविधान संशोधन र स्थानीय चुनाव स्थगित नभए आफूहरुले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने निर्णय गरेको थियो । मोर्चाले दिएको म्यादभित्र संविधान संशोधन नभएपछि उसले समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षी एमालेको समर्थन नभई संविधान संशोधन पारित गर्न नसकिने भन्दै मोर्चालाई चुनावपछि संशोधन गर्नसकिने भन्दैआएका छन् । तर मोर्चाले संविधान संशोधन नगरेसम्म चुनाव हुनै नसक्ने अडान राख्दैआएको छ ।
सरकारले संविधान संंशोधनमा भन्दा चुनावमा बढी जोड दिएपछि मोर्चाले समर्थन फिर्ता लिने निर्णय गरेको छ । केपी ओली नेतृत्वको सरकार विस्थापित गरी मोर्चासमेतको समर्थनमा गएको साउनमा पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको थियो । दाहाल सरकारले मोर्चासँग तीन बुँदे सहमति गरेको थियो । तीन बुँदेमा मुख्य बुँदा संविधान संशोधनको एजेन्डा दशैंअघि नै संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्रीले संसदमा टेबुल नै गर्न सकेनन् । बल्लबल्ल टेबुल गरे पनि संसदमा दुई तिहाई नपुग्ने गणित स्पष्ट देखेपछि संशोधन प्रस्ताव अगाडि बढाउन सकेका छैनन् ।
राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा समावेश गरेर संविधान संशोधनमा दुई तिहाई पु¥याउन लागेका प्रधानमन्त्री दाहाललाई कमल थापाले अहिलेकै संंशोधन प्रस्तावका पक्षमा मत हाल्न नसक्ने जनाउ दिएपछि उनी अप्ठेरोमा परेका छन् । कन्चनपुर र कैलालीलाई सुदूरपश्चिमबाट अलग गराउने बाहेक अरु सबै देश टुक्र्याउन पनि तयार कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा जान हतारो भइसकेकाले उनी सांसद खसीबोका झैं किनेर भए पनि संशोधन पास गराउनुपर्छ भन्ने रटानमा छन् । तर प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षीलाई चिढ्याएर जबर्जस्ती संविधान संशोधन गर्ने पक्षमा नभएपछि देउवाको सत्तारोहण अनिश्चित बन्दै गएको छ ।दृष्टि
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा