सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । ज्योति विकास बैंकले ज्योति विकास बैंकको घोटालामा राष्ट्र बैंकको मौनता शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार बैंकले एक विज्ञप्ति जारी गर्दै सो समाचार प्रति ध्यानाकर्षण भएको बताएको हो ।
बैंकले सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना मार्फत नागरिकको जीवनमा सार्थक एवम् शाश्वत समृद्धि प्राप्त गर्ने उद्धेश्य लिएर आफ्नो क्षेत्रमा अगाडि बढेको बैंकको विषयमा यस्ता भ्रमपूर्ण तथा आधारहीन समाचारबाट बैंकको साखमा प्रतिकूल प्रभाव पर्ने उद्धेश्यका साथ समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमको विश्वसनीयतामा समेत आँच आएको बताइएको छ ।
आफ्नो पवित्र उद्धेश्यमा क्रियाशील हुँदैगर्दा यस प्रकारका आधारहीन समाचार प्रकाशित गर्ने मिडिया बिरुद्ध कानुनी उपचारका लागि समेत वाध्य हुने बैकले चेतावनी दिएको छ ।
बैकले गलत मनसायले सम्प्रेषित यस्ता समाचारको भ्रममा नपर्न सबैमा अनुरोध समेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा