सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगञ्ज,१ चैत । नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत नेपालगञ्जमा बृहत जनसभा शुरु भएको छ ।अहिले साूँकृतिक कार्यक्रम चलिरहको र केही बेरमा औपचारिक कार्यक्रम शुरु हुँदैछ । सभामा सहभागी हुन विभिन्न ठाऊवाट जुलुसहरु आउने क्रम जारी रहेको हाम्रा नेपालगञ्ज सहकर्मी सुमन मल्लले जानकारी दिए ।अभियानका यात्रीहरुलाई नेपालगञ्जमा हजारौं मधेश जनताले स्वागत गरेका छन् ।नेपालगञ्जमा नेपाल मुस्लिम इत्तेहाद संगठन बाँकेले मेची–महाकाली यात्रीलाई न्यानो स्वागत गरेको नेपालगञ्जबाट हाम्रो सहकर्मी सुमन मल्ले जानकारी दिए । मधेशी जनताले न्यानो स्वागत गरेपछि एमालेलाई रोक्ने भन्दै उत्रेका मधेशी मार्चाका कार्यकर्ताहरु भने निराश हुँदै फर्केका छन् । अहिले उनीहरु देखिएका छैनन ।
सप्तरी घटनापछि तीन दिनका लागि स्थगित भएका अभियान २७ फागुनपछि हेटौडाबाट पुन शुरु भएको थियो ।अन्तरगत आज नेपालगञ्जमा आमसभा हुदैछ । सभामा अध्यक्ष केपी ओली लगायतका शीर्ष नेताहरुले संबोधन गर्नेछन् । हिजो बुटवलबाट हिडेको टोलीले रुपन्देहीको रामापुर,कपिलबस्तुको जीतपुर र दांगको लमहीमा कार्यक्रम गर्दै नेपालगञ्ज आईपुगेको हो । हेटौडा यता अभियानले चितवन,नवलपरासी,रुपन्देही,कपिलबस्तु,दांग जिल्लाका बिभिन्न स्थानहरुमा कार्यक्रमहरु सम्पन्न गरिसकेकोछ ।एमाले कार्यक्रमलाई लक्षित गरेर रुपन्देही र कपिबस्तुमा मधेसी मोर्चाले बन्द आब्हान गरेकाथिए । तर बन्दबाट प्रभाव नपरेपनि कपिलबस्तुको चन्द्रौटामा मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा सहित प्रदर्शन गरेकोथियो । यद्यपि अप्रिय कुनै अबस्था आएन । अभियान ५ गते सुर्खेतमा पुगेर सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा