सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । इटालियन सुपर कप (सुपरकोपा इटालियाना) को उपाधि युभेन्टसले हात पारेको छ । बुधबार राति भएको फाइनल खेलमा नापोलीलाई २–० गोलले हराउँदै युभेन्टसले उपाधि जितेको हो ।
इटालीस्थित मापेइ स्टेडियममा भएको खेलमा युभेन्टसलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोरोटाले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा मोरोटाले गोल गरेपछि युभेन्टस २–० गोलले विजयी बनेको हो ।
यससँगै युभेन्टसले सिजनको पहिलो उपाधिमा कब्जा जमाउन सकेको छ । त्यस्तै उसले कीतिमानी नवौँ पटक इटालियन सुपर कपको उपाधि पनि जितेको छ ।
सुपर कोपा इटालियानाको उपाधिका लागि अघिल्लो सिजनको सिरी ‘ए’ विजेता र कोपा इटालियाको विजेताले खेल्छन् । युभेन्टस सिरी ‘ए’को साविक विजेता हो भने कोपा इटालियाको अघिल्लो सिजनको विजेता नापोली हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा