सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। गएको २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९७५पुगेको छ।
यस्तै हालसम्म १७२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख २६ हजार ७२६ जनाको पीसीआर परिक्षण गरिएको छ ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा