सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा विवाह हुने पक्का भएको हो।
मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ। मोडेलिङ क्षेत्रमा सक्रिय रहंदै आएकी जाङमुले थुप्रै म्यूजिक भिडियोहरुमा पनि अभिनय गरेकीछिन्।
विगतमै मुख्यमन्त्री भएपछि आफुले विवाह गर्ने घोषणा राईले गर्नुभएको थियो । पछिल्लो समय प्रदेशसभामा आफ्ना विरुद्ध अविश्वासको प्रस्ताव परिरहेका बेला उहाले विवाह गर्ने निर्णय गर्नुभएको हो । उहाको विवाह काठमाडौंमा हुने भएपनि विवाह भोज भने काठमाडौं र विराटनगरमा गर्ने बुझिएको छ ।
मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा