सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगन्ज । बाँकेको नेपालगञ्ज स्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्तन क्यान्सरको सर्जरी गरेको छ। अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको शल्यक्रिया भएको हो। अस्पताल सञ्चालन भएको ४ वर्षपछि अस्पतालले पहिलो पल्ट स्तन क्यान्सरको सर्जरी गरेको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण आचार्यले कालिकोटकी ६८ वर्षीया लक्ष्मी शाहीको सर्जरी गरिएको जानकारी दिनुभयो। डा. कृष्ण आचार्य, कन्सल्टेन्ट सर्जन डा. प्रबिन गुप्ता र नर्सिङ अधिकृत रन्जिता ढुंगानासहितको टिमले स्तन क्यान्सर भएकी ती महिलाको एक घण्टा लगाएर सर्जरी गरेको हो।
निजी अस्पतालले स्तन क्यान्सरको लागि करिब ५० लाख शुल्क लाग्ने बताएपछि शाही उपचारका लागि क्यान्सर अस्पताल खजुरामा आउनुभएको थियो। क्यान्सर अस्पतालले १० हजार मात्र शुल्क लिएर स्तन क्यान्सरको सर्जरी गरेको हो।
क्यान्सरका शंकास्पद बिरामीहरूको बायस्पी चेक जाँचका लागि चितवनको भरतपुर या भक्तपुर क्यान्सर अस्पतालमा पठाउनु पर्ने अवस्था कायमै रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा