सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा करिब सात दशकपछि पहिलोपटक एक महिलालाई अमेरिकी संघीय कानुनबमोजिम मृत्युदण्ड दिइएको छ ।
गर्भवती महिलालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सुई लगाएर बुधबार मृत्युदण्ड दिएको अमेरिकी न्याय विभागले जनाएको छ ।
ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागारमा राखिएको थियो । मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीया एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् ।
अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घन्टापछि मृत्युदण्ड दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई संघीय कानुनबमोजिम मृत्युदण्ड दिने गरी कार्यकारी आदेश जारी गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा