सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कोरोना भाइरसविरुद्धको खोप नेपाललाई उपलब्ध गराउन रसिया तयार भएको छ ।
उसले जतिसक्दो चाँडो नेपालाई खोप उपलब्ध गराइने जनाएको छ । रसिया आफैले ‘स्पुतनिक भी’ नामक खोप उत्पादन गरेको छ । रसियाको विदेश मन्त्रालयलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले जनाएअनुसार २५ मिलियन (२ करोड ५० लाख) डोज खोप नेपाललाई चाँडै उपलब्ध गराउन रसिया तयार भएको छ ।
खोप उपलब्ध गराउन यसअघि देखिनै तयार रहेको संकेत रसियाले दिइरहेको थियो । केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् । काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ । नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारीसमेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा