• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

      अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

      झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

      ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

      एम्बुलेन्स र अटो ठोकिँदा २ जनाको निधन

      कोभिड प्रभावित व्यवसायीलाई राहत दिन बैंक, वित्तीय संस्थाले आनाकानी गरेको महासंघको गुनासो

      राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

      २४ घण्टामा ३२२ कोरोना संक्रमित भेटिए, ६ जनाकाे मृत्यु, ३७४ जना संक्रमणमुक्त

      सप्तरीमा आगलागीबाट चार घर नष्ट

      लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त

      नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवा: नेपाल ११४१’ आयोजना हुदै

      सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

      नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

      रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

      मनमोहन अधिकारीको मुद्दामा संसद विघटन संविधानसम्मत हुनुपर्ने फैसला भएको जिकिर

    होमपेज /  समाचार

    डोटीमा फेसबुकले बढाउँदैछ बालविवाह

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २८ पुष २०७७, मंगलवार १८:०९
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उनी २० वर्षकी भइन् । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । आजभोलि दुई सन्तान पाल्न आफूलाई समस्या हुँदै गएको उनले बताइन् ।

    उनले भनिन्, “फेसबुकले गर्दा लभ पर्यो बिहे पनि गर्यौँ, तर अहिले समस्या भयो, आफ्नो यस्तो लाई पीडा कसलाई सुनाउनु ? त्यसैले दुःख सहेरै बसेकी छु ।” आफूले सानै उमेरमा बिहे गरेकोप्रति अहिले निकै पछुतो भएको पीडा उनले सुनाइन् । उनले गहभरी आँशु निकाल्दै थप भनिन्, “लहैलहैमा लागेर सानै उमेरमा बिहे गरियो, त्यसको परिणम भोग्दै छु ।”

    त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिका–४ मान्नाकापडीका १७ वर्षीय दीपक बोहरा र छिमेकी गाउँकी १४ वर्षीया शर्मिलाबीचको विवाहको मुख्य माध्यम पनि सामाजिक सञ्जाल, फेसबुककै नै हो । यसै माध्यमबाट बालविवाह हुनपुग्यो । बिहे गरेको दुई वर्षमै छोरी जन्मिइन् । हाल उनीहरुको परिवारमा पनि सधैँजसो झगडा र कलह मात्रै हुने गरेको शर्मिला बताउँछिन् । उनी भन्छिन्, “बुद्धि नपुगेर सानैमा विवाह गरेँ अहिले झगडा मात्रै हुन्छ, कसरी जीवन धान्ने होला भन्नेमा नै चिन्तामा छु ।”

    डोटी जिल्लाकै दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी चनरी नेपाली पनि बालविवाहका कारण आफ्नो भविष्य बर्बाद भएको निष्कर्षमा पुगेकी छिन् । तर उनका आमा बुबाले नै बालविवाह गरेको उनको भनाइ छ । आमाबुबाकै कारण आफूले बालविवाह गरेकाले अहिले हास्ने खेल्ने उमेरमा परिवार र सन्तानको स्याहारमा जीवन बितेको उनको भनाइ छ । उनकै शब्दमा अहिले आएर बुझेपछि भने उनी आत्मग्लानी भइरहेको बताउँछिन् । “आमाबुबाले सानैमा बिहे गरिदिए, उनीहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन” उनले भनिन्, “बाल्यकाल कसरी ढल्क्यो थाहै भएन, सानैदेखि पढ्ने रहर हुँदाहुँदै घरपरिवारको करकापले विवाह गरिदिए, अहिले पछुताउनुबाहेक अरू विकल्प छैन् ।”

    डोटी जिल्लामा पारिवारिक दबाब, साथीसङ्गीको लहलहैमा लागेर, अभिभावकको हेरचाह तथा पालन पोषणको अभाव रहेका र राम्रो घरपरिवार पाउँदा विवाह गर्ने चलनका कारण यहाँ बालविवाह बढेको देखिएको छ । यसका साथै भविष्य सुन्दर हुने आशले र सानो उमेरमै विवाह गर्दा राम्रो हुन्छ भन्ने मान्यताका कारण पनि बालविवाह अझै रोकिएको छैन । यहाँका स्थानीय चाडपर्वको प्रभावका कारण हुने भेटघाटका साथै सामाजिक सञ्जाल, मोबाइल र इन्टरनेट प्रयोगका कारण बढी मात्रामा बालविवाह हुने गरेको सरोकारवाला बताउछन् ।

    डोटीको दिपायल सिलगढी नगरपालिका–८ (साविकको लडागडा गाविस) मा मात्रै विगत तीन वर्षको अवधिमा १६३ वटा बालविवाह भएको देखिएको छ । साविकको क्षेत्रीय सदरमुकाम दिपायल राजपुर नजिकै रहेको उक्त वडामा बालविवाह तीन वर्षदेखि क्रमशः उकालो लागिरहेको पाइएको छ । सामुदायिक विकास केन्द्र (सिडिसी) को सहयोगमा यहाँका जनप्रतिनिधिले गरेको सर्वेक्षणअनुसार विसं २०७३ मा ३८, विसं २०७४ मा ५६ र विसं २०७५ सालमा ६९ जनाको बालविवाह भएको पाइएको छ । उक्त सर्वेमा संलग्न सामुदायिक विकास केन्द्रका परियोजना जिल्ला संयोजक एकराज बडूले बालविवाहको दर घट्नुको सट्टा बढिरहेको पाइएको बताए ।

    उनले भने,“तथ्याङ्क हेर्दा बालविवाह घट्नुको सट्टा बढिरहेको पाइयो, बालविवाह गर्नु अपराध हो भन्ने जान्दाजान्दै पनि किन मानिस यसो गरिरहेका होलान बुझ्नै सकिएको छैन ।” जिल्लामा हुने अधिकांश बालविवाह पुण्य कमाउने नाममा हुने गरेको जोरायल गाउँपालिका–५ की स्थानीयवासी तुलसी शाहीले बताइन् । उनले भनिन्, “महिनावारी नहुँदै छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले यहाँका मानिस सानैमा छोरीको विवाह गरिदिने गरेका छन् । जसले गर्दा पछि छोरीलाई समस्या हुनेगर्छ ।” यति मात्र नभइ जिल्लामा पछिल्लो केही वर्षयता बालविवाहको अवस्था बढ्दै गइरहेको छ, बालविवाहलाई समाजले पनि मौन स्वीकृति प्रदान गरेको जस्तो देखिन्छ ।

    जिल्लामा विसं २०७३ वैशाख देखि २०७५ चैतसम्म १३३ जना बालिका र २७ जना बालकको बालविवाह भएको विभिन्न सङ्घ संस्थाको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । उक्त तत्थ्याङ्कअनुसार विवाह गर्ने १४ देखि १९ वर्षका बालबालिका धेरै रहेका छन् । डोटीमा बालविवाहले वर्षेनी बिकराल रुप लिँदै आएको स्थानीयवासी बताउँछन् ।

    यसरी बालविवाह गर्नेपछि गएर सुखी र खुशी जीपनयापन नहुने गरेको कथा सुनाउने धेरै भेटिन्छन् । अभिभावकको करकाप तथा आफ्नै इच्छाले विवाह गरेका जोडी पनि विवाहपछि देखापर्ने समस्यासँग जुध्न नसकेर पछुताउने गरेका भेटिन्छन् । गरिब, विपन्न र शिक्षाबाट वञ्चित परिवारमा बालविवाह बढ्दै गएको यहाँका स्थानीयवासी बताउछन् । प्रजनन अङ्गको पूर्ण रूपमा विकास नहुँदै विवाह गर्दा महिलामा समस्या देखापर्ने गरेको नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाका पूर्व प्रबन्धक चेतराज फुलाराले बताए ।

    उनले भने, “सानैमा बिहे गरेका दम्पतीको समय नपुग्दै बच्चा जन्मिने, कम तौल भएको बच्चा जन्मुनका साथै महिलाको प्रजनन अङ्गमा समस्या हुने गरेको छ, उनीहरू पछि गएर परिवार व्यवस्थापन गर्न नसक्ने भएपछि पछुताउछन् ।” ‘बालविवाह अन्त्यका लागि म पनि प्रतिवद्ध छु’ भन्दै दिपायल सिलगढी नगरपालिकाले अभियान सञ्चालन गरे पनि त्यो फलदायी हुन नसकेको स्थानीयवासी बताउँछन् । उता नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बालविवाह जस्ता सामाजिक कुरीतिको अन्य गर्न नगरपालिकाले कुनै पनि कसूर बाँकी नराख्ने दाबी गरे । उनले भने, “बालविवाह अन्त्य गर्न नगरपालिका लामो समयदेखि सक्रिय छ तर पनि रोक्न सकेका छैनौँ, कसलाई के भनौँ ।”

    डोटी जिल्लामा बालविवाह छाउपडी कुप्रथा, र बहुविवाह जस्ता कुरीतिहरुले वर्षौदेखि जरो गाडेको छ । जिल्लामा हुने बालविवाह, छाउपडी जस्ता सामाजिक कुरीतिका विरुद्धमा अभिभावक र बाल क्लब नै सक्रिय हुनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए । उनले भने, “बालविवाह, छाउपडी जस्ता कुप्रथा हटाउनका लागि यहाँका जिम्मेवार नागरिक तथा घरका अभिभावक नै सक्रिय नभएसम्म यो अवस्थाको अन्त्य हुने छाटकाँट नै देखिँदैन ।” जिल्लामा बालविवाह गराउने र गर्ने अभिभावकलाई कानूनको दायरामा नल्याएसम्म यहाँको बालविवाह अन्त्य नहुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताइन् ।

    उनले भनिन्, “बालविवाह गर्ने र गराउनेलाई कानूनी सजाय नहुञ्जेलसम्म बालविवाह अन्त्य हुने छैन, यस्तो कार्य गर्नेलाई कानूनी दायरामा ल्याएरै छोड्ने छौँ ।” कानूनमा विवाह गर्ने उमेर २० तोकिए पनि जिल्लामा कानूनको खासै पालना गरिएको पाइदैन । सामुदायिक विकास केन्द्र डोटीले बालविवाह गरेका दम्पतीहरूलाई आत्मनिर्भर बनाउन तथा सम्भावित बालविवाहलाई निरुत्साहित गर्न नगरपालिकासँगको सहकार्यमा विभिन्न आयआर्जन र शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिरहेको छ । बालविवाह गरेर बढी सन्तान जन्माउदा पाठेघर खस्ने, विभिन्न रोगले सङ्क्रमण हुने, शरीर कमजोर हुने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका निमित्त प्रमुख तथा डा.भीमबहादुर बुढाले बताए ।

    दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीका अनुसार नगरपालिकाको वडा नं ९ मा १०० बालबालिकामा गरेको अर्को सर्वेक्षणमा २० प्रतिशत अभिभावकका आत वटा सन्तान रहेको भेटिएको छ । उनले ५० प्रतिशत दम्पतीको चारदेखि ६ र ३० प्रतिशतको तीन जनासम्म सन्तान रहेको तत्थ्याङ्क फेला परेको जानकारी दिए ।

    वर्षेनी बालविवाह बढ्दै जानुमा घरपरिवार र केटाकेटीको मात्र दोष नभइ त्यसलाई विभिन्न तत्वलेसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको दिपायल सिलगढी नगरपालिका– ४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए । उनले भने, “पछिल्लो समय निकै नै प्रचलनमा रहेको सामाजिक सञ्जाल फेसबुकका कारण पनि डोटीमा बालविवाह बढ्दो क्रममा छ, जो आफैमा खतरा र जोखिमपूर्ण हो ।”

    सामाजिक सञ्जालका कारण पछिल्लो समय उमेर नपुग्दै प्रेम सम्बन्धका नाममा बालविवाह गर्ने क्रम बढ्दै गएको उनको बुझाइ छ । जिल्लामा बालविवाह रोक्नका लागि विभिन्न सङ्घसंस्था क्रियाशील रहेपनि यहाँको बालविवाह अन्त्य हुन नसकेकोप्रति सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ता पनि चिन्तित बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

    झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

    एम्बुलेन्स र अटो ठोकिँदा २ जनाको निधन

    राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

    सप्तरीमा आगलागीबाट चार घर नष्ट

    मनमोहन अधिकारीको मुद्दामा संसद विघटन संविधानसम्मत हुनुपर्ने फैसला भएको जिकिर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

    अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

    झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    एम्बुलेन्स र अटो ठोकिँदा २ जनाको निधन

    २४ घण्टामा ३२२ कोरोना संक्रमित भेटिए, ६ जनाकाे मृत्यु, ३७४ जना संक्रमणमुक्त

    लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त

    सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

    लोडशेडिङको तालिका सार्वजनिक

    ओलीलाई जनताले होइन, हामीले प्रधानमन्त्री बनाएको हो : प्रचण्ड

    पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

    कोभिड प्रभावित व्यवसायीलाई राहत दिन बैंक, वित्तीय संस्थाले आनाकानी गरेको महासंघको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    सुनको मूल्य घट्यो

    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

    सेतोखबर बिशेष

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते...  विस्तृतमा

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय हो, न्यायिक निरुपण आवश्यक छैन (पूर्णपाठ)

    प्रधानमन्त्रीज्यू संघीयता खारेज गरौ, भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउ : निरु पाल

    राजा वीरेन्द्रको जन्मदिनमा ज्ञानेन्द्रको ट्वीट: वीरेन्द्रको हत्याबारे छानविन गर्न सरकारलाई चुनौती

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑