• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

      कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

      घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

      प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

      नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

      जनताका बीचमा गएर नयाँ जनमत लिने अवसरः गृहमन्त्री थापा

      ‘प्रधानमन्त्रीबाट पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान’: कांग्रेस

      २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

      कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

      आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने

      बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

      नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

      झापामा लागुऔषध नियन्त्रणमा समस्या

      हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

      नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

    होमपेज /  प्रदेश

    चिसोका कारण तराईको जनजीवन कष्टकर

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २८ पुष २०७७, मंगलवार १७:५९
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    जलेश्वर । विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।

    पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो पुनः दोहोरिएको छ । तराईका जिल्लामा अहिले दैनिकरुपमा बढेदै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएका छन् । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित हुने गरेको आफ्नै घर अगाडि अत्यधिक जाडोले काम्दै गरेका जलेश्वर नगरपालिका–६ का ६० वर्षीय जीवछ मोमिनले बताए।

    निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।

    यता जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेका छन् । बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–२ मा चिया पसल गर्दै आएका दिलीप साहले बताए । उनले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताए ।

    चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको चिकित्सकहरु बताउँछन् । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक गिरेन्द्रकुमार झाले बताए ।

    चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको स्वास्थ्यकर्मी झाले बताए । जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।

    यसैबीच जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएको जलेश्वर नपा–८ का किसान आशनारायण मण्डलले बताए । उनले मुसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको बताए ।

    दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ । यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’(पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडालगायत तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् ।

    यस्तो विषादी प्रत्येक सात÷आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ ।

    रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने हुँदा ढुसी सक्रिय हुन गई बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । जिल्लामा जाडो दोहोरिएर जिल्लावासीले कष्टकर जीवन बिताइरहँदा पनि स्थानीय तहले हालसम्म यसबाट बच्नका लागि कुनै पनि व्यवस्था नगरेको स्थानीयवासीको गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    विप्लव नेतृत्वको नेकपाका नेता अनिल विरही रिहा

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

    विप्लव नेतृत्वको नेकपाका नेता अनिल विरही रिहा

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

    पुँजीगत खर्च साढे १९ प्रतिशतले घट्यो

    सेतोखबर बिशेष

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा...  विस्तृतमा

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑