सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उनका नाममा पत्रकारका लागि गत वर्ष घोषित रु पाँच लाखको अक्षय कोष यस वर्षदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उनका अनुसार सो अक्षय कोषबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई पुरस्कृत गरिनेछ । आमा सुशीलासँगै बस्दै आएका सिंहको २०६५ सालमा आजकै दिन राति करिब ८ बजे जनकपुरको रजौलस्थित डेरामा हत्या गरिएको थियो ।
काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा... विस्तृतमा