सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोहा । अरुको अनुरोधमा तथा विभिन्न प्रलोभनमा परि सुन लगायत बहुमुल्य वस्तु नेपाल लैजादा कानूनी समस्यामा परेको घटना बढेपछि कतारस्थित नेपाली दूतावासको ध्यानाकर्षण भएको छ ।
यसै विषयमा दूतावासले आज एक सूचना प्रकाशित गर्दै नेपाल फर्कदा अन्य व्यक्तिको सुन लगायत बहुमुल्य वस्तु नबोक्न आग्रह गरेको छ । नेपाल सरकारले तोके बमोजिम आफैले खरिद गरेको सुन लगायत अन्य वस्तुको खरिदबिल साथमै लैजान दूतावासले भनेको छ ।
सरकारले तोके भन्दा बढी वा आफ्नो स्वामित्व नखुल्ने सामान नेपाल लगे कानूनी कारबाहीमा पर्ने दूतावासले जानकारी गराएको छ । सरकारले खाडी मुलुकबाट कामदारलाई ५० ग्रामसम्म सुन नेपाल लैजान छुट गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा