• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

      भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

      तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

      डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

      २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

      भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

      भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

      भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      उदयपुर गढीमा खानेपानीको हाहाकार

      एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

      अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

      ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

      आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

      बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

      भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

    होमपेज /  आर्थिक

    एउटै गाउँमा डेढ करोडका सुन्तला

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ पौष १७, शुक्रबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् ।

    बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औंशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष रु डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला किसान टोपबहादुर खड्काले जानकारी दिए।

    गत वर्ष सिगानाका सुन्तला किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड भित्र्याएको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ । “यो वर्ष थप बगैँचा विस्तार भएका कारण रु साढे दुईदेखि तीन करोडका सुन्तला बिक्री हुने अपेक्षा गरेका थियौँ”, कृषक खड्काले भने, “मौसम राम्रो नभएका कारण केही सुन्तला उत्पादनमा कमी आए पनि रु डेढ करोडभन्दा बढी रकम यस वर्ष पनि सिगानामा भित्रिनेछ ।”

    सुन्तला ढिलो पाकेका कारण सिगानामा सुन्तला बजारमा आइ नसकेको अर्का किसान रामबहादुर खड्का बताउँछन् । “डोके व्यापारी आएका छन्, गत वर्षजस्तो ठूला व्यापारी आइसकेको अवस्था छैन”, खड्काले भने, “१० टन सुन्तला शीतभण्डारमा राखिएको छ, अन्य सुन्तला बिक्री गर्न थालिएको छ ।” अहिले शीतभण्डारमा राखिएका सुन्तला चैतमा मात्रै महङ्गो मूल्यमा बिक्री वितरण गरिँदै आइएको छ । यहाँका सुन्ताला बोटबाटै समेत बिक्री हुँदै आएका छन् ।

    सुन्तलाको पकेट क्षेत्रकारूपमा रहेको सिगानासहित जिल्लाका अन्य स्थानमा यस वर्ष ३० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । वडा कार्यालयले सुन्तला उत्पादन भएअनुसार यस वर्ष डेढ करोडका सुन्तला बिक्री गर्ने आकलन गरेको छ । सिगानामा अहिले प्रतिकिलो रु ५० का दरले सुन्तला बिक्री भइरहेको छ । सिगानामा राम्रो फल लागिरहेका १५ हजार सुन्तलाका बोट छन् । जसमध्ये बढीमा एक बोटबाट रु २५ हजारदेखि रु पाँच हजारसम्मका सुन्तला उत्पादन हुन्छन् ।

    बानपा–८ का वडाध्यक्ष राजन जिसीका अनुसार वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ । वितरण गरेको बिरुवाले अबको दुई वर्षदेखि उत्पादन दिन थाल्नेछन् । “वडा कार्यालयले दिएका बिरुवाको उत्पादन हुने समय भएको छैन, सामान्यतया सुन्तलाका बोटले उत्पादन दिन चार वर्ष लाग्छ”, अध्यक्ष जिसीले भने, “अहिले उत्पादन भइरहेका सुन्तला व्यक्तिगतरूपमै अग्रसरता लिएर किसानले आफैँले लगाएका हुन् ।” तीन वर्षपछि सिगानामा कम्तीमा रु पाँच करोडको सुन्तला निर्यात हुनेछ ।

    वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ भने सुन्तला लगाउँदा गुमेको कृषि उपज बराबरको रकमसमेत बागलुङ नगरपालिकाले दिने गरेको छ । नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक रु एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि हुँदै जानेछन् ।

    उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन÷चार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले बताए । खड्काको बगैँचामा १०० सुन्तलाको बोट छन् । सिगानाका अधिकांश स्थानीय सुन्तला खेतीमा आकर्षित हुन थालेका छन् । सुन्तलाबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका किसान अनन्तबहादुर खड्काले यस वर्ष रु तीन लाखसम्मको सुन्तला बिक्री गर्ने आशा व्यक्त गर्छन् । सिगानाका कृषकले सुन्तला बिक्रीबाटै अधिकतम रु पाँच लाखदेखि न्यूनतम रु ७० हजार कमाउँदै आएका छन् ।

    सिगानामा सुन्तला भण्डारणको समेत व्यवस्था छ । यहाँ दुई वर्षअघि गण्डकी प्रदेश सरकारको रु ३० लाखको लागतमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माणसमेत गरिएको छ । सिगानामा उत्पादन भएका सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायत स्थानमा निर्यात हुन्छ ।

    सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ । सुन्तला खेतीका लागि सिगाना उर्वर भएका कारण यस वर्ष थप १० हजार सुन्तलाका बिरुवा रोप्नका लागि अनावश्यक रुख हटाउने काम गरिने बागलुङ नगरपालिकाले जनाएको छ ।

    सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, दमेकलगायत ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । अहिले सिगाना सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर बनिसकेको छ । सिगानाको उपल्लो भागमा चिया र तल्लो भागमा सुन्तला खेती विस्तार गर्ने बागलुङ नगरपालिकाको योजनाअनुसार अनुदानको कार्यक्रमसमेत निरन्तर गरिएको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

    गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑