सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ को नेकपा संसदीय दलको नेता चयन गरेको छ ।
बिहीबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई हटाउँदै संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको हो ।
प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । राईलाई हटाएर उक्त समूहले आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव लगेको थियो ।
संसदीय दलको बैठकले राईलाई दलको नेताबाट हटाएर आचार्यलाई चयन गरेको हो ।
यसअघि नेकपा सांसदहरुले नै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गराएका छन्।
प्रदेश ३ का बहुमत नेकपा सांसदले उनलाई संसदीय दलबाट हटाई नेकपाकै स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेका छन्।
सत्तारुढ नेकपा विभाजित भएपछि अहिले बिभिन्न प्रदेशमा त्यहाँका मुख्यमन्त्रीहरु विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने र संसदीय दलबाट हटाउने अभियान सुरु भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा