सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डमा मारिएका स्वर्गीय राजा वीरेन्द्रको परिवारको हत्यामा संलग्नको छानबिन गर्न चुनौती दिएका छन् । मंगलबार राजा वीरेन्द्रको जन्मदिनको अवसरमा सामाजिक सञ्जाल ट्विटर मार्फत शाहले दाईको पुरै परिवारको हत्याको आरोप लाग्ने गरेको बताउदै यस्तो चुनौती दिएका हुन् ।
ज्ञानेन्द्रले ट्वीट गर्दै दाजु वीरेन्द्रको हत्याबारे आफूमाथि प्रत्यक्ष परोक्षरुपमा आरोपित गर्दा निकै मर्महात हुने गरेकोसमेत बताएका छन्। उनले हत्याकाण्डबारे छानविन गर्ने अधिकार जननिर्वाचित सरकारलाई रहेको भन्दै छानविन गर्न चुनौती दिएका हुन्।
तत्कालिन राजा वीरेन्द्रको वंश विनास हुने गरी २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएको थियो।
प्रत्यक्ष/परोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजू र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ। जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) December 29, 2020
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति... विस्तृतमा