सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन् । हिडेन ट्रेजरले शनिबार यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौंकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् ।
उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिराइदिइन् । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईं सानो ढुंगा हो, जो पोखरीमा ढुंगा खसेपछि सुन्दर तरंग फैलाउँछ, तपाईं नेपाली महिलाको जीवनमा लामो समयसम्म तरंग फैलाउन चाहनहुन्छ ?’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।
मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेसनल काठमाडौंकी २४ वर्षीया सिमल कनौजिया भए । उनीहरु तीनैजनाले नगद दुई लाख ५० हजार पाएका छन् ।
नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन् । शनिबारको प्रतियोगिता २५औं हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।
हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । उनले तीन हप्ताको भर्चुअल तालिम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालीम प्रदान गरिएको जानकारी दिए । प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।
प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभांगी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि २५ हजार रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा